images
images
  • तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं– देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ ।

    तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images