images
images
  • झलनाथ–घनश्याम समूह फुट्यो !

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा लागेपछि पार्टीभित्र तेस्रो धार देखा परेको छ ।

    ‘माओवादीसँग नजाने’ भन्दै झलनाथ खनाल र घनश्याम भुसालको पुनर्गठन प्रयास अस्वीकार गर्ने यो समूह हाल ‘बार्गेनिङ’को भूमिकामा रहेको छ ।

    स्रोतका अनुसार नेतृ रामकुमारी झाँक्री, भानुभक्त जोशी, धनबहादुर बुढा, अम्मरबहादुर थापा र किसान श्रेष्ठलगायत एमालेमा फर्किने प्रयासमा छन् ।

    किसान श्रेष्ठले नै एमाले अध्यक्ष केपी ओलीसँग दुई चरणको अनौपचारिक छलफल गरिसकेका छन् ।

    तर, एमालेले ‘सम्मानजनक फिर्ता’का लागि वातावरण बनाउन बाँकी छ ।

    यदि एमालेमा फर्किने प्रयास सफल नभए उनीहरू माओवादी केन्द्रमा जाने तयारीमा छन् भने झलनाथ खनाल र घनश्याम भुसालको पक्षमा उनीहरू नजाने प्रष्ट पारेका छन् ।

    सचिवालय बैठकमा झलनाथ र घनश्याम समूहलाई एमालेमा प्रवेश गर्न नदिने स्पष्ट पारेका छन् ।

    यो समूह झलनाथ र घनश्यामसँग भने नजोडिने निष्कर्षमा पुगेको बताइन्छ ।

    जबकि नेतृ रामकुमारी झाँक्रीको अन्तिम निर्णय अझै प्रष्ट भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images