images
images
  • एस पुनर्गठन गर्न राष्ट्रिय भेला गर्दै झलनाथ–घनश्याम पक्ष

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने पक्षका नेताहरूले राष्ट्रिय भेला गर्ने तयारी थालेका छन् ।

    शनिबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा झलनाथ खनाल र घनश्याम भुसालसहितका नेताहरूको बैठकले दुई साताभित्र भेला गर्ने निर्णय गरेको हो ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट समूहले छुट्टै भेला गर्दै पार्टी पुनर्गठन र बृहत् वाम ध्रुवीकरणको तयारी थालेका छन् ।

    वार्ताको संयोजन जिम्मा घनश्याम भुसाललाई दिइएको छ ।

    नेता जीवनराम श्रेष्ठका अनुसार असन्तुष्ट पक्षले माओवादीसँगको हालको एकता प्रक्रियाले समाज र नयाँ पुस्ताको माग पूरा गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

    उनीहरूका अनुसार एमाले, माओवादी र समाजवादीबीचको नयाँ वाम एकता सम्भव भए पनि त्यसका लागि प्रचण्ड, माधवकुमार नेपाल र केपी शर्मा ओलीले नेतृत्व छोड्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images