images
images
  • आज सेयर बजारमा उछाल, सबै सर्किट हरियाली

    काठमडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।

    साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३०.७५ अङ्कले बढेको हो ।

    योसँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ ।

    बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ ।

    यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले बढी हो ।

    गत विहीबार ७ अर्ब ५१ करोडको कारोबार भएको थियो ।

    बजारमा आज १९८ कम्पनीको मूल्य बढेको छ ।

    ५० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    ट्रेडिङ सेक्टर बाहेक बजारका सबै समूहको सूचक बढेको छ ।

    फाइनान्स क्षेत्रमा ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्रमा ४.३५ प्रतिशत माथिको वृद्धि भएको छ ।

    आज बजारमा ५ कम्पनीको मूल्य १० प्रतिशतसहित सकारात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनीको सेयर समेत सर्किट लेभलमै बढेका छन् ।

    यसरी सर्किट लाग्ने कम्पनीहरुमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्त रहेका छन् ।

    सबैभन्दा धेरै गिरावट खानीखोला हाइड्रोपावरको ४.७६ प्रतिशत भएको छ ।

    कारोबारका आधारमा आज पनि हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ ।

    युनियन हाइड्रोपावरको ३४ करोड र वुटवल पावर कम्पनीको २५ करोडको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images