काठमाडौं– आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ ।
शुक्रबार बस्न नसकेको बैठक आजका लागि तय भएको थियो ।
१५औँ महाधिवेशनको मितिबारे विवाद कायमै रहेको कारण शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमति जुटाउन सकेन ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन चुनाव अघि वा पछि गर्ने भोटिङको प्रस्ताव गरेका थिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेतासँग छलफल गरी कार्यतालिकाबारे सहमति खोज्ने तयारी गरिरहेका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























