काठमाडौं– नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ ।
सचिवालय बैठकपछि प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संयुक्त केन्द्रीय समिति बैठक यही मितिमा बस्ने र त्यसपछि एकता घोषणा गरिने जानकारी दिए ।
समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लवबाट अलग्गिएका चिरन समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) लगायतका दल एकताको प्रक्रियामा छन् ।
नीति र नेतृत्व टुंगो भइसकेको छ ।
नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन् भने सहसंयोजक माधव नेपाल हुनेछन् ।
नयाँ पार्टी बहुपदीय संरचनामा रहेको हुनेछ ।
माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त हुने, तत्कालका लागि नेपाली विशेषताको समाजवादको कार्यनीति लागू गरिने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने तय भएको छ ।























