काठमाडौं– जेन्जी विद्रोहपछि प्रमुख राजनीतिक दलहरू नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र विभाजनको संकटमा छन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३–२४ गते जेनजी समूहको विद्रोहले कांग्रेस–एमाले गठबन्धन सरकार ढाल्यो ।
आन्दोलनले राज्य संयन्त्र असफल देखाएको हुँदा पुराना–नयाँ सबै दलहरू प्रभावित भएका छन् ।
पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा भइसकेको छ ।
निर्वाचनमा भाग लिने विषयमा एमालेबाहेक सबै दल सकारात्मक देखिन्छन् ।
नेपाली कांग्रेस
पार्टीभित्र नेतृत्व हस्तान्तरण र महाधिवेशनको समयतालिका विवाद चर्किँदा असोज २८ गते अध्यक्ष देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति नियुक्त गरे ।
नियमित महाधिवेशन मंसिरभित्र गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा गुटगत विवाद बढेको छ ।
संस्थापन र इतरपक्षबीच मतभेद अझै समाधान भएको छैन ।
नेकपा (एमाले)
जेनजी विद्रोहपछि नेतृत्व हस्तान्तरणको दबाब बढेको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू शाक्य, पाण्डे, ज्ञवाली लगायत सचिवालय सदस्यहरूले ओलीले पद छाड्नुपर्ने पक्षमा छन् ।
ओलीले मंसिरमा ११ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि फेरि अध्यक्ष बन्ने बाटो खुलेको छ ।
नेकपा (माओवादी केन्द्र)
एकीकृत समाजवादीसँगको एकता विषयमा विवाद देखिएको छ ।
केही नेताहरू जतारो एकता र व्यक्तिगत स्वार्थलाई रोक्नुपर्ने पक्षमा छन् ।
तर, बहुमत एकताको पक्षमा रहेकाले १८ गते एकता घोषणा हुने तयारी छ ।
नेकपा (एकीकृत समाजवादी)
माओवादीसँग एकता गर्ने निर्णय भएपछि खनाल–भुसाल समूहले अलग बैठक गरी पार्टी पुनर्गठन र विभाजन रोक्ने प्रयास गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी
सभापति रवि लामिछाने जेलमा हुँदा असन्तुष्टि बढेको छ ।
पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
नेताहरू नयाँ र वैकल्पिक शक्ति निर्माणका लागि छलफलमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
अध्यक्ष लिङ्देनको स्वेच्छाचारी नेतृत्वमाथि असन्तुष्टि बढेको छ ।
संस्थापन बाहिरका नेताहरू दबाब दिँदै महाधिवेशन तत्काल बोलाउन खोजिरहेका छन् ।
यी सबै घटनाहरू बाहेक विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत दलहरूमा पनि जेनजी विद्रोहको प्रभाव देखिएको छ ।
मधेसमा नयाँ शक्ति र जनमत पार्टी विभाजनको अवस्थामा छन् ।























