काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र अघिल्ला सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रीको आश्वासनपछि स्थानीयले फोहोर फाल्न दिन सहमति जनाएका हुन् ।
चार दिनदेखि फोहोर रोकिएका कारण काठमाडौं महानगरले बासिन्दालाई फोहोर बाहिर ननिकाल्न आग्रह गरेको थियो ।
शुक्रबार मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि मन्त्री घिसिङ आइतबार बिहान साइटमा पुगेर स्थानीय र जनप्रतिनिधिसँग भेट गरेका थिए ।
ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार, मन्त्रीले १५ दिनभित्र सहमति कार्यान्वयन गर्ने र नसके विरोध गर्ने अधिकार स्थानीयलाई हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























