images
images
  • कांग्रेस पदाधिकारी बैठक धोविघाटमा जारी, यी एजेन्डामा हुँदैछ छलफल

    काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बिहान ललितपुरको धोविघाटस्थित एक होटलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा बसेको छ ।

    बैठकमा आगामी महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउने एजेन्डा छ ।

    शनिबारको बैठकमा सहमति नजुटेकाले आज पुनः छलफल भइरहेको हो ।

    महामन्त्री गगन थापाले कार्यतालिका नल्याए केन्द्रीय समिति बैठकमा नबस्ने बताएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६–१९ भित्र १५औं महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।

    सभापति शेरबहादुर देउवा पक्ष भने वैशाख अन्त्यतिर महाधिवेशन गर्न सकिने पक्षमा छ ।

    ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेपछि कार्यवाहक सभापति खड्का दबाबमा छन् ।

    शनिबार गुरूराज घिमिरेलगायत नेताहरूले सानेपामा खड्कालाई भेटी तत्काल कार्यतालिका नल्याए विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

    आज दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक बस्ने तयारी छ भने मंगलबार विशेष महाधिवेशन पक्षधर नेताहरूको भेला हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images