images
images
  • जनार्दन शर्माले बहिष्कार गरे माओवादी सचिवालय बैठक

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठक बहिष्कार गरेका छन् ।

    पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार शर्मा शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने मत राखेर निस्किएका थिए र आजको बैठकमा उपस्थित भएनन् ।

    शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय बेवास्ता गरेर एकता गर्नु गलत भएको बताएका थिए ।

    आइतबारको बैठकमा पार्टी एकता, संगठनात्मक समायोजन, नीतिगत र वैचारिक विषयमा छलफल भएको र कात्तिक १८ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images