images
images
  • घनश्यामको नेतृत्वमा एस पुनर्गठन गर्दै झलनाथ समूह

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दल गठनको तयारी तीव्र भएको छ ।

    पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल भइरहेको छ ।

    माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णयपछि खनाल–भुसाल समूह असन्तुष्ट बनेको हो ।

    शनिबार सुकेधारामा भएको भेलामा सहभागीहरूले नयाँ पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका छन् ।

    पोलिटब्युरो सदस्य धर्म निरौलाले अब नेतृत्व भुसालले लिनुपर्ने र खनाल संरक्षकका रूपमा रहने सुझाव दिएको बताए ।

    खनालले माओवादीसँगको एकता निर्णय अस्वीकार गर्दै माधवकुमार नेपालको नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन् ।

    उनले सयभन्दा बढी केन्द्रीय सदस्य आफूहरूको पक्षमा रहेको दाबी गर्दै नयाँ पार्टी दर्ताको तयारी भएको संकेत दिएका छन् ।

    उता माओवादी केन्द्रले भने सात वटा वाम दलबीच एकताको अन्तिम तयारी भइरहेको जनाएको छ ।

    संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टीलगायत दलहरूबीच सहमति नजिक पुगेको जानकारी सचिवालय बैठकमा दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images