काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीभित्र एकता विवाद तीव्र बनेको छ ।
चिरन पुन (मिलन सी)को नेतृत्वमा रहेको समूहले माओवादी केन्द्रसहित समाजवादी मोर्चाका दलहरूसँग एकताको पक्षमा उभिने निर्णय गरेको छ ।
मिलन सीका अनुसार १४५ केन्द्रीय सदस्यमध्ये ७५ जना समाजवादी मोर्चासँगको एकताका पक्षमा छन् ।
शुक्रबार बसेको भेलाले विप्लवलाई पनि एकतामा जोडिन आह्वान गरेको छ ।
तर, विप्लवले भने कम्युनिस्ट पार्टी नेपाल नाममा नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् ।
उनले वर्तमान सरकारको निरन्तरतामै अघि बढ्ने माओवादी–समाजवादी एकता प्रक्रियासँग विचारगत मतभेद रहेको बताएका छन् ।
एकताको पक्षमा रहेका नेताहरूले भोलि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























