images
images
  • खड्का–कोइरालालाई थापा र शर्माले गुपचुप भेटे किन ?

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेर महाधिवेशनसम्बन्धी छलफल गरेका छन् ।

    फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको मतभेदपछि दुवै महामन्त्रीले सत्तापक्षका खड्का र प्रतिपक्षका कोइरालासँग धारणा सुन्ने समझदारी गरेका हुन् ।

    कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गर्न समय मागेपछि गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिएनन् ।

    त्यसपछि महामन्त्री शर्माले नेताहरूसँग संवाद बढाउँदै शुक्रबार बिहान कोइराला र खड्कासँग भेटवार्ता मिलाएका थिए ।

    कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार र बद्रीप्रसाद पाण्डे सहभागी थिए ।

    छलफलमा मंसिरमा नियमित महाधिवेशन वा पुस १६–१९ बीचमा वैकल्पिक मिति निर्धारणबारे प्रस्ताव राखिएको थियो ।

    थापाले मंसिरभित्र नियमित महाधिवेशन हुनैपर्ने भन्दै विशेष महाधिवेशनको तयारीसम्मको चेतावनी दिए भने शर्माले समय अभावका कारण पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सारे। कोइरालाले पनि यही मिति उपयुक्त हुने बताएका थिए ।

    त्यसपछि दुवै महामन्त्री कार्यवाहक सभापति खड्कालाई भेट्न पुगेका थिए ।

    खड्काले आफू नियमित महाधिवेशनका पक्षमा भए पनि सबैसँग परामर्श गर्न समय चाहिने बताएका थिए ।

    त्यसैबेला सानेपामा बोलाइएको केन्द्रीय समिति बैठक ढिलो भएर आइतबार दिउँसो १ बजेका लागि स्थगित गरिएको छ ।

    विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका २४८८ प्रतिनिधिहरूले पनि आइतबार दबाबस्वरूप भेला बोलाएका छन् ।

    सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् ।

    उनका निकट नेताहरू भने फागुन २१ को चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

    तर, संस्थापनइतर पक्ष भने चुनावअघि नै नेतृत्व र नीति पुनर्गठन गर्न विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images