images
images
  • गगनको चेतावनीले कावा सभापति खड्काले बसाउन सकेनन् कांग्रेस केन्द्रीय समितिको बैठक

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आइतबार दिउँसो १ बजे बस्ने भएको हो ।

    बैठक स्थगित हुनुको कारण आगामी महाधिवेशनको कार्यतालिका तयार नहुनु रहेको छ ।

    बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी कार्यतालिका बनाउन समय मागेका थिए ।

    महामन्त्री शर्माले मंसिरमा महाधिवेशन गर्न कठिन देखिएकाले पुस १६–१९ गतेसम्म गर्ने प्रस्ताव गरेका थिए, जसमा थापाले सहमति जनाएका थिए ।

    तर, आज पनि कार्यतालिका नआए आफू बैठकमा नबस्ने चेतावनी थापाले दिएका थिए ।

    कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन गर्ने पक्षमा रहेको र छलफलका लागि केही समय आवश्यक रहेको बताएका छन् ।

    देउवा पक्ष फागुन २१ को निर्वाचनअघि महाधिवेशनको विपक्षमा छ भने महामन्त्रीद्वय र शेखर कोइराला त्यसअघि नै महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

    यही मतभेदकै कारण बैठक स्थगित भएको हो ।

    अब नेताहरूबीच सहमतिमा कार्यतालिका तय गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images