images
images
  • भिजिट भिसामा नयाँ मापदण्ड लागू, ६ बुँदे व्यवस्था खारेज

    काठमाडौं– अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ ।

    यही कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विभागले चार बुँदे नयाँ व्यवस्था आजैदेखि कार्यान्वयनमा ल्याएको हो ।

    यससँगै २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड खारेज गरिएको विभागले जनाएको छ ।

    अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि गठन भएको उच्चस्तरीय छानबिन समितिको सिफारिसअनुसार सो मापदण्ड र अन्य पुराना प्रावधान रद्द गरिएको हो ।

    नयाँ व्यवस्थाअनुसार अब भिजिट भिसामा विदेश जानका लागि :

    १) कम्तीमा ६ महिना वैधता भएको राहदानी,

    २) सम्बन्धित देशको भिसा वा अन अराइभल भिसा हुने व्यवस्था,

    ३) गन्तव्यसम्मको हवाई टिकट, र

    ४) भ्रमण प्रयोजनको स्वःघोषणा आवश्यक हुनेछ ।

    विभागले सबै नागरिकलाई कुनै बिचौलियाको प्रभावमा नपरी स्वतन्त्र र सुसूचित भएर यात्रा गर्न आग्रह गरेको छ ।

    साथै, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि उक्त जानकारी नागरिकसम्म पुर्‍याउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images