काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का १२ जना नेता माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी छ ।
आजै एकता गर्नेबारे निर्णय लिने तयारी छ ।
तर, सम्मानित नेता झलनाथ खनालसहित १२ नेताले एकतामा नजाने स्पष्ट गरेका छन् ।
एक नेताका अनुसार पदाधिकारीमध्ये नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भूसाल एकताबाहिर रहनेछन् ।
त्यस्तै, स्थायी कमिटी सदस्य विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री, साथै पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि माओवादी केन्द्रसँग नजाने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























