images
images
  • एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट सुविधा

    काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    PR on Om Adhyay Retreat Pvt. Ltd. photo scaled

    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहक महानुभावहरूले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    PR on Om Adhyay Retreat Pvt. Ltd. pdf page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images