images
images
  • कार्की सरकारले एकदिन लुकाएर सार्वजनिक गर्‍यो मन्त्रिपरिषद् बैठकका ११ निर्णय (निर्णयसहित)

    काठमाडौं– मन्त्रिपरिषद्को बुधबारको बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ ।

    सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत ११ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    तीमध्ये संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा ऐनमा संशोधन गर्ने, प्रहरी एआइजी राजन अधिकारीलाई मोरक्कोमा हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिने, माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने, सचिवस्तरीय प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने र सेनाका एक प्रमुख सेनानी र एक सहायक रथीलाई क्रमशः महासेनानी र उपरथीमा बढुवा गर्ने निर्णय समावेश छन् ।

    २०८२ कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू page 0001

    २०८२ कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू page 0002

    प्रतिक्रिया दिनुहोस्
    images
    images