images
images
  • कांग्रेस कार्यवहाक सभापति खड्काले महामन्त्रीद्वय गगन र विश्वप्रकाशसँग गुपचुप भेट्दैछन् किन ?

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।

    सानेपा कार्यालयमा जारी छलफलमा महामन्त्रीद्वय मंसिरमा महाधिवेशन गर्ने अडानमा छन् भने संस्थापन पक्षले चुनावपछि वैशाखमा गर्ने प्रस्ताव गरेको छ ।

    जसले पार्टीभित्र मतभेद बढाएको छ ।

    बैठक दिउँसो १ बजे बोलाइएको भए पनि खड्का र महामन्त्रीहरू छलफलमा व्यस्त भएकाले अझै सुरु हुन सकेको छैन ।

    नेताहरू बैठक स्थलमा उपस्थित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images