काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग अहिलेको अवस्थामा एकता असफल हुने सम्भावना बढी रहेको बताए ।
बैठकमा उनले माओवादी अवसरको खोजीमा भौतारिँदै आएको र विगतमा पनि भागबन्डामा आधारित एकता निरन्तर नभएको स्मरण गराए ।
‘माओवादी आज जे छ त्यो रहन्न, विभाजित हुन्छ,’ उनले भने, प्रचण्डजी हाम्रो पार्टीसँग एकताको गृहकार्य गरिरहनुभएको छ । उता जनार्दन शर्मा कमरेडले माओवादी त्याग्न पनि सक्नुहुन्छ ।’
भुसालले आफू वाम आन्दोलनको एकतामा विश्वास राख्ने भए पनि, केवल नेताहरूको मिलनले एकता नहुने बताए ।
उनले भने, ‘हिजो ३१ लाख भोट पाउने माओवादी अहिले ११ लाखमा झरेको छ, अब कहाँ पुग्छ ख्याल गरौं ।’
साथै, अहिलेको एकता प्रयास पनि विगतकै जस्तो प्रयोग मात्र हुने शंका रहेको उनले बताए ।
भुसालले सिद्धान्तको आधारमा कुरा गर्दा एमालेसँग पनि एकता सम्भव रहेको र ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने एकता हुन सक्छ’ भन्दै आफ्नो धारणा व्यक्त गरे ।
























