काठमाडौं– प्रधानमन्त्रीको स्वकीय सचिवालयले काठमाडौंका मेयर बालेन्द्र शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार असत्य र भ्रमपूर्ण भएको जनाएको छ ।
सचिवालयका अनुसार मन्त्रीको नियुक्ति वा हटाउने अधिकार पूर्णरूपमा प्रधानमन्त्रीको हो र कसैको दबाब वा प्रभावमा आधारित हुँदैन ।
गृहमन्त्री अर्याल राष्ट्रको जिम्मेवारी बोक्दै आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायको मनोबल उच्च राख्न सक्रिय रहेको सचिवालयले जनाएको छ ।
सचिवालयले सबै सरोकारवालालाई अफवाह नफैलाउन र यस्ता असत्य समाचार नविश्वास गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























