images
images
  • हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल नियुक्त

    काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन् ।

    कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाललाई आज (कात्तिक १३ गते) देखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो ।

    यसअघिका सीईओ मनोजकुमार लालले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए ।

    सोही दिन नै सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images