images
images
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो (मूल्यसहित)

    काठमाडौं– बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ ।

    सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ ।

    अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ ।

    आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो ।

    ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images