काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको विषयमा राजधानीमा जारी केन्द्रीय समिति बैठकमा औपचारिक प्रस्ताव पेस भएपछि नेताहरू दुई धारमा विभाजित भएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल पक्ष एकताको पक्षमा उभिएका छन् भने झलनाथ खनाल पक्षले आपत्ति जनाएका छन् ।
पार्टी उपमहासचिव मेटमणि चौधरीले अनलाइनखबरलाई अन्तर्वार्तामा भनेका छन्, ‘पार्टीभित्र अधिकांश नेता माओवादीसँग एकता गर्ने पक्षमा छन् ।’
उनले ९९ प्रतिशत एकढिक्का भएका छन्, एक–दुई फरक मत स्वाभाविक भएको बताएका छन् ।
चौधरीले आगामी मंसिरमा ‘एकता महाधिवेशन’ गरेर नयाँ संरचनामा जाने तयारी भइरहेको बताए ।
उनका अनुसार नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ रहने सम्भावना बढी छ भने चुनाव चिन्हबारे ‘कलम’ र ‘तारा’ बीच छलफल जारी छ ।
चौधरीले हामी कम्युनिष्ट एकताको पक्षमा छौं, अब त्यो काम सुरु गरिहालौं भन्ने हाम्रो निर्णय हो ।























