काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट बताएका छन् ।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँगको छलफलमा उनले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द नगर्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन सरकारलाई सबै पक्षले सहयोग गर्नुपर्ने पनि आग्रह गरे ।
मन्त्री खरेलका अनुसार अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता अब सूचना विभागबाटै हुने छ, जसका लागि मन्त्रिपरिषद्मा नियमावली पेस भइसकेको छ ।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले भने राज्यले डिजिटल मिडियालाई पर्याप्त प्राथमिकता नदिएको गुनासो गरे ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्