काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को ३४५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपिएपछि कमिटीको संख्या ४२० पुगेको छ ।
सुकेधारामा जारी बैठकमा लिखित रूपमा ७५ जनाको नाम पेश गरिएको र केही मौखिक रूपमा वाचन भएकाले कुल ८८ जना थपिएको एक सदस्यले बताएका छन् ।
संगठन विभाग प्रमुख डा. बेदुराम भुसालले एकता प्रक्रिया, प्रदेशगत सन्तुलन, महिला तथा ४० वर्षमुनिका सदस्य समावेश गर्नुपर्ने कारण बताउँदै नाम अनुमोदन गराएका हुन् ।
बैठकअघि नयाँ सदस्यले शपथ पनि गरेका थिए ।
तर, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले नाम थप्ने प्रक्रियामा आपत्ति जनाएकी छन् ।
उनका अनुसार वामदेव गौतमको एकता राष्ट्रिय अभियानसँगको एकतापछि पनि उनका अधिकांश सहकर्मीहरूलाई कमिटीमा समावेश गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्























