images
images
  • प्रधानमन्त्री कार्कीसँगको छलफलमा दल र जेन्जीका प्रतिनिधि

    काठमाडौं– सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ ।

    बुधबार अपराह्न सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री र सञ्चारमन्त्री सहभागी छन् ।

    दलतर्फ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।

    जेनजी पक्षबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी भएका छन् ।

    यसअघि प्रधानमन्त्री सुशिला कार्कीले दलका नेता र जेनजी प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरिसकेकी थिइन् ।

    सरकारले आगामी फागुन २१ गतेको निर्वाचनका लागि छलफललाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images