images
images
  • नेपाल टेलिकमद्वारा विमानस्थलमा Free Wi-Fi सेवा सुरु

    काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित Free Wi-Fi सेवा सुरु गरेको छ ।

    सेवा २०८२ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा शुभारम्भ गरिएको हो ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi सेवाको उद्घाटन गरेका छन् ।

    IMG 7285 scaled

    नयाँ सेवाले आगमन, प्रस्थान, VIP Lounge र प्रतिक्षास्थलजस्ता क्षेत्रहरुमा इन्टरनेट पहुँच प्रदान गर्नेछ ।

    देशभरका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलमा सञ्चालन हुने यो Free Wi-Fi सेवा प्रयोग गर्न, उपलब्ध SSID NT-CAAN Free WiFi मा कनेक्ट गरी निर्देशनअनुसार सेवा प्रयोग गर्न सकिन्छ ।

    Press Information Free WiFi at Airport 1 scaled

    प्रतिक्रिया दिनुहोस्

    images