images
images
  • सेयर बजार घट्यो, सबै सर्किट राताम्य

    काठमाडौं– अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ ।

    सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

    कारोबारका क्रममा दिउँसो ११:४६ बजे र १२:२१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन ।

    आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।

    अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

    ८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

    होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढे ।

    अन्य समूह १.२० प्रतिशत घट्यो ।

    त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

    दुई कम्पनी उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

    त्यस्तै मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ तथा आशा लघुवित्तको ७.६८ प्रतिशत मूल्य बढ्यो ।

    पन्चकन्या माइ हाइड्रोपावरको ३.६९, सिनर्जी पावरको ३.२१ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images