काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सनले बुधबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् ।
भेटामा शान्तिसुरक्षा, एमसीसी कार्यान्वयन र शरणार्थी सम्बन्धी विषयमा छलफल गरे ।
राजदूतले एमसीसी परियोजना कार्यालयका लागि जग्गा अधिग्रहणमा देखिएको समस्याबारे जानकारी दिएका थिए ।
यसबारे मन्त्री अर्यालले छिट्टै समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
भेटमा गृहमन्त्रीले देशको शान्तिसुरक्षा सुधार भइरहेको बताएका थिए ।
राजदूतले सुरक्षा निकाय र सुरक्षामा देखिएको सुधारको प्रशंसा गरे ।
यसका साथै उनले तिब्बत लगायतका विभिन्न देशका शरणार्थीबारे चासो राखेका थिए ।
यस विषयमा गृहमन्त्रीले नेपालले उनीहरू सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्























