काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अब बिहीबारबाट पुनः सुरु हुने छैन ।
पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण १ कात्तिकमा शोक प्रस्ताव पारित गर्दै बैठक १२ दिनका लागि स्थगित भएको थियो ।
२८ असोजदेखि सुरू भएको बैठकमा ३० असोजदेखि विभिन्न १० एजेन्डामा छलफल सुरु भएको थियो ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका थिए ।
कांग्रेसले जनाएको छ, बिहीबारदेखि बाँकी नेताहरूले बोल्ने क्रम सुरु हुने थियो भने हरेक सदस्यलाई ११ मिनेट समय दिइने थियो ।
स्थगितपछि कांग्रेसको संस्थापन पक्षले बुधबार ललितपुरको धोबिखोलास्थित एक होटलमा छुट्टै बैठक बसेको छ ।
बैठकमा कार्यवहाक सभापति पूर्णबहादुर खड्का निकै शेखर कोइराला पक्षसँग आक्रामक देखिएका छन् ।
इतरपक्षले नियमित महाधिवेशनको कुर्नुको साटो विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएको भन्दै आक्रामक देखिएका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ३० असोज, ८ र १० कात्तिकमा पनि त्यही होटलमा छलफल गरेका थिए ।
कांग्रेसमा मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने माग बढेको छ ।
विशेष महाधिवेशनका लागि झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित लिखित निवेदन परेको छ ।























