images
images
  • आहुतिको अध्यक्षतामा विप्लव, श्रेष्ठ, शर्मा र भुसालको नयाँ पार्टी गठनको कहाँ पुग्यो कोर्ष ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको छ ।

    दुवै पक्षबीच एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व संरचनाबारे छलफल जारी छ ।

    नेताहरूका अनुसार नेपाली कम्युनिस्ट पार्टी, समाजवादी पार्टी, समाजवादी केन्द्र र कम्युनिस्ट पार्टी अफ नेपाल जस्ता नाम प्रस्तावमा छन् ।

    तर, सर्वसम्मति अझै जुटेको छैन ।

    चिह्नका रूपमा हँसिया–हथौडा वा कलममध्ये कुन प्रयोग गर्ने भन्ने विषयमा पनि अन्तिम निर्णय भएको छैन ।

    नेत्रविक्रम चन्दले ‘नेपाल कम्युनिस्ट पार्टी नेपाल’ नाम दर्ता गराइसकेकाले माओवादी–समाजवादीले चाहेको नाममध्ये एक प्रयोगयोग्य छैन ।

    यद्यपि, भविष्यमा चन्द समूहसँग पनि सहकार्यको सम्भावना खुला रहेको बताइएको छ ।

    माओवादी नाम नछोड्ने प्रचण्ड र माओवादी नाम मान्न तयार नहुने समाजवादी नेताहरूबीच नामबारे विवाद जारी छ ।

    पार्टीको नाम नयाँ राख्ने सहमति भने दुवै पक्षबीच भइसकेको छ ।

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु हुँदैछ र यही बैठकले औपचारिक निर्णय गर्नेछ ।

    सचिव सोमप्रसाद पाण्डेले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने तर माओवाद नसमेट्ने सहमति भएको बताए ।

    तर, महासचिव घनश्याम भूसालले भने प्रचण्ड र माधव नेपालको नेतृत्व कायम रहने हो भने एकता प्रक्रियामा सहभागी नहुने अडान लिएका छन्।

    उनका अनुसार आन्तरिक शुद्धीकरण र पुनर्गठन बिना गरिएको एकताले वाम आन्दोलनमा नयाँ उत्साह ल्याउँदैन ।

    भूसालले जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, आहुति, विप्लव र एमालेका केही नेतासँग नयाँ विकल्पबारे पनि छलफल थालेका छन् ।

    यदि केन्द्रीय कमिटीमा आफ्नो प्रस्ताव स्वीकृत नभए, उनले नयाँ राजनीतिक विकल्पको तयारी गर्ने संकेत दिएका छन् ।

    माओवादी पक्षका नेताहरू भने प्रचण्ड–नेपाल नेतृत्वमा सहमति टुंगोमा पुग्ने विश्वासमा छन् ।

    उनीहरूका अनुसार एकतापछि प्रचण्ड संयोजक र नेपाल सह–संयोजक हुने सम्भावना बढी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images