images
images
  • एउटै एजेन्डामा ओली–विप्लव सहमत, एमाले र कपानेबीच एकता होला ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी नेपाल (कपाने) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सर्वपक्षीय सरकार गठनको पक्षमा एकै धारमा उभिएका छन् ।

    ओलीले जेनजीसहित सबै दलको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् भने विप्लवले पनि आगामी निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउन त्यही माग दोहोर्याएका छन् ।

    ओलीले राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलायन्स) सँगको भेटमा वर्तमान संकट समाधानका लागि सर्वपक्षीय सरकार आवश्यक रहेको बताए ।

    उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनासँगै संविधान संशोधन र गैरसांसद व्यक्ति पनि चुनावी प्रधानमन्त्री बन्न सक्ने प्रावधान गर्नुपर्ने प्रस्ताव अघि सारे ।

    गत भदौ २३–२४ मा जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्न नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो, जसलाई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्री कार्की नेतृत्वको सरकार हाल चुनाव तयारीमा जुटेको छ र बुधबार जेनजी, राजनीतिक दल र सरकारबीच त्रिपक्षीय छलफल हुने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images