images
images
  • कांग्रेसभित्र बढ्दो किचलो, पार्टी फुटको हल्ला !

    काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्योलमा परिरहेका बेला एक समुहले पार्टी फुटाउन खोजेको चर्चा सुरू भएको छ ।

    महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला समूहका केही नेता मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् । नियमित र विशेष महाधिवेशनको चक्करका बीच कांग्रेस फुट्नेसम्मको चर्चा छ ।

    संस्थापन पक्ष भने फागुन २१ गतेको निर्वाचनको चापले मंसिरभित्र महाधिवेशन हुनै नसक्ने अडानमा छ । नियमित महाधिवेशन नगर्दा ५४ प्रतिशत प्रतिनिधिको मागलाई सम्बोधन गर्न विशेष महाधिवेशनमा जानुपर्ने हस्ताक्षरकर्ता पक्षको माग छ ।

    औपचारिक रूपमा महाधिवेशन नबोलाए छुट्टै भेला बोलाउने र विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेसम्मको तयारीमा अर्को पक्ष लागेको छ । यसैलाई पार्टीको संस्थापन पक्षले पार्टी फुटाउन खोजेको रूपमा अर्थ्याएको छ ।

    यी दुवै मतका बीच बिहीबारबाट कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images