images
images
  • ‘मोन्था’ चक्रवातको प्रभावले बिहीबारदेखि मधेस र वाग्मती प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं– मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातको प्रभावले बिहीबारदेखि मधेस र वाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ ।

    उनले पर्सा, बारा, रौतहट, सर्लाहीसहित वाग्मतीमा बिहीबार साँझदेखि ‘धेरै वर्षा’को पूर्वानुमान गरेका छन् ।

    उनका अनुसार गण्डकीमा समेत मध्यमदेखि भारी वर्षा हुनेछ भने पर्सादेखि सुनसरीसम्मको तराई क्षेत्र र उत्तरी पहाडी–हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम छ ।

    उपाध्यायले रोल्वालिङ, सगरमाथा र मकालु–बरुण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा नगर्न सुझाव दिएका छन् ।

    त्यस्तै, बिहीबार मध्याह्नदेखि शुक्रबार मध्याह्नसम्म बीपी राजमार्ग, पृथ्वी राजमार्ग र काठमाडौं–हेटौँडा मार्गमा यात्रा नगर्न पनि उनले आग्रह गरेका छन् ।

    शनिबारदेखि भने मौसम पुनः घमाइलो र स्थिर हुने उनको अनुमान छ ।

    हाल अरबसागर र अण्डमानसागर दुबै तर्फ समुद्री आँधी सक्रिय रहेका छन् ।

    अरबसागरतर्फको चक्रवातका कारण कर्णाली, गण्डकी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात भइरहेको उपाध्यायले जनाएका छन् ।

    उनले भने, “काठमाडौंलगायत पूर्वी क्षेत्रमा आज रातिसम्म प्रभाव रहनेछ, तर बुधबारदेखि मौसममा सुधार भई केहीबेर घाम लाग्नेछ ।”

    प्रतिक्रिया दिनुहोस्

    images