images
images
  • ओली–लेखकलाई पक्राउ नगरेको झोकमा गृहमन्त्रीमाथि राजीनामाको दबाब बढाउँदै बालेन

    काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहका निकट समूहले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्न थालेका छन् ।

    सार्वजनिक रूपमा नउठाए पनि सामाजिक सञ्जालका निजी समूहहरूमा यस्तो अभियान चलेको देखिन्छ ।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै उनीहरू आक्रोशित छन् ।

    फेसबुक समूह ‘मेन्स रुम रिलोडेड (एमआरआर)’ मा बालेनसम्बद्ध केपी खनाल र भिक्टर पौडेल सक्रिय देखिएका छन् ।

    त्यहाँ एक युवाले अर्यालको राजीनामा माग्दा खनालले ‘लाइक’ गरेका छन् भने पौडेलले टिप्पणी गरेका छन्, ‘यसलाई ट्रेन्ड बनाऔँ ।’

    ‘बालेन र हामी नेपाल’ समूहका सुदन गुरुङका कानुनी सल्लाहकारसमेत रहेका अर्यालविरुद्ध बालेन टिमको असन्तुष्टि यति बेला खुलेर अभिव्यक्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images