काठमाडौं । मंगलबार पनि सुनको भाउ घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्