images
images
  • भ्रष्टाचारी, फरार र तिब्बती नागरिक प्रधानमन्त्री कार्कीका प्रियपात्र, उनै बन्न सकेनन् मन्त्री (नामावलीसहित)

    काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस गरेका चारजनाले शपथ लिन पाएनन् ।

    उनीहरूमाथि उठेका कानूनी र राजनीतिक विवादका कारण राष्ट्रपति कार्यालयमा पुगेर पनि शपथ रोकियो ।

    डा. संगीता मिश्रा, टासी ल्हान्जोम, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ मन्त्री बन्ने तयारीमा थिए ।

    तर, भ्रष्टाचार, नागरिकता विवाद, कानूनी मुद्दा र मन्त्रालय हेरफेरसम्बन्धी विवादका कारण उनीहरू अन्तिम समयमा मन्त्री बन्न सकेनन् ।

    डा. संगीता मिश्रामाथि स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदमा १४ करोडको भ्रष्टाचार आरोप लागेको छ ।

    टासी ल्हान्जोमलाई तिब्बती नागरिकता र ‘फ्री तिब्बत’ अभियानसँगको सम्बन्धले विवादमा ल्यायो ।

    खगेन्द्र सुनार कानूनी मुद्दामा फरार सूचीमा रहेकाले मन्त्री बन्न पाएनन् ।

    गणपतिलाल श्रेष्ठ भने मन्त्रालय फेरबदल र विवादित गतिविधिका कारण शपथ लिन सकेनन् ।

    अन्तरिम सरकारले पहिलो मन्त्रिपरिषद् विस्तारमै विवाद खेप्दा प्रधानमन्त्री कार्कीको निर्णय प्रक्रियामा प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images