images
images
  • सुनको मूल्यग्राफ घट्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो ।

    अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो ।

    तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ ।

    यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

    चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images