images
images
  • एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीबारे सबै जानकारी वेब साइटमा

    काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल https://auctionassistance.nicasiabank.com सञ्चालनमा ल्याएको छ ।

    यस पोर्टलमार्फत ग्राहकले लिलाममा रहेका सम्पत्तिहरुको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, स्थान (गुगल म्यापसहित) लगायतका सबै विवरण हेर्न सक्नेछन्। सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी थप जानकारीका लागि सन्देश पठाउन पनि सकिन्छ ।

    बैंकले यस पोर्टलमा लिलामसम्बन्धी सम्पूर्ण सूचना नियमित रूपमा प्रकाशन गर्ने भएकाले इच्छुक ग्राहकले सो लिंकबाट सम्पत्तिको विस्तृत विवरण हेरी लाभ लिन सक्ने जनाएको छ ।

    PR on NIC ASIA Auction Portal Image scaled

    प्रतिक्रिया दिनुहोस्

    images