images
images
  • कांग्रेसका तत्कालीन सभापति गिरिजाकी डाक्टर, पूर्वमन्त्री पौडेलकी सल्लाहकार शर्मा बनिन् स्वास्थ्यमन्त्री

    काठमाडौं– निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलकी विज्ञ सल्लाहकार डा. सुधा शर्मा गौतम नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेस निकट र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी चिकित्सकका रूपमा चिनिएकी शर्मा पूर्वस्वास्थ्य सचिवसमेत हुन् ।

    नेपाल चिकित्सक संघकी पूर्वअध्यक्ष समेत रहेकी उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

    २०३९ सालमा सरकारी सेवामा प्रवेश गरेकी उनले साढे तीन वर्ष सचिव भएर काम गरेकी थिइन् ।

    डब्लुएचओ र युनिसेफ तान्जानियासहित विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कामको अनुभव बोकेकी शर्माले हालै स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकारका रूपमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप निर्माणको नेतृत्व गरेकी थिइन् ।

    तर, जेन्जी आन्दोलनपछि बनेको नयाँ सरकारमा निवर्तमान मन्त्रीकी विज्ञ सल्लाहकारलाई मन्त्री बनाइएको विषयमा केही जेनजी अगुवा र युवा चिकित्सकहरूले आपत्ति जनाएका छन् ।

    उनीहरूले भने, ‘आन्दोलनपछि बनेको सरकारमा कांग्रेसमा आबद्ध व्यक्ति नियुक्त हुनु आन्दोलनकै अपमान हो ।’

    प्रतिक्रिया दिनुहोस्

    images