काठमाडौं– सर्वोच्च अदालतले ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्ने सरकारी निर्णयको कारण पेश गर्न आदेश दिएको छ ।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती राजदूतहरूको फिर्ता निर्णय कानुनविपरीत भएको भन्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउन आदेश जारी गरेको हो ।
सरकारले चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, स्पेन, रुस, साउदी अरब, कतार, इजरायल र मलेसियाका राजदूतहरूलाई कात्तिक २० भित्र फिर्ता हुन निर्देशन दिएको थियो ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्