काठमाडौं– जेन्जी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीका रूपमा शपथ गराए ।
प्रधानमन्त्रीले सुरुमा चार नाम सिफारिस गरेकी थिइन् ।
खगेन्द्र सुनार विवादमा परेपछि हटाइए र गणपतिलाल श्रेष्ठको शपथ रोकियो ।
अब प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
स्रोतका अनुसार आगामी निर्वाचनसम्म यही टिमले काम गर्नेछ ।
सरकारमा महिला, आदिवासी, दलित र मधेशी समुदायको प्रतिनिधित्व रहेको छ ।
बब्लु गुप्ताको नियुक्तिसँगै जेन्जी आन्दोलनकर्मी र मधेशी समुदायको उपस्थिति सुनिश्चित भएको मानिएको छ ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्