images
images
  • मन्त्रीमा सिफारिस ४ जनामध्ये २ को मात्रै शपथ, बाँकी २ को रोकियो किन ?

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका चार जनामध्ये आज दुई मन्त्री मात्र शपथ लिने भएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि स्वास्थ्य मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले शपथ लिने स्रोतले जनाएको छ ।

    डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष हुन् ।

    भूमि मन्त्रालयका लागि सिफारिस गरिएका गणपतिलाल श्रेष्ठ अझै निर्णयमा पुगेका छैनन् ।

    श्रम मन्त्रालयका लागि सिफारिस खगेन्द्र सुनारविरुद्ध तीन अदालतमा मुद्दा रहेकाले उनीहरूको शपथ रोकिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images