काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसका १४औं महाधिवेशन प्रतिनिधि भएको खुलेको छ ।
२०७८ मंसिरमा दैलेख–१ बाट खुलातर्फ उम्मेदवार बनेर ३४९ मतले महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
तर, सुनारविरुद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य फेला परेको छ ।
सुर्खेत जिल्ला अदालतमा मेहेलकुना अस्पतालका प्रमुखमाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ ।
काभ्रे जिल्ला अदालतमा साइबर मुद्दा दर्ता भएको छ भने सर्वोच्च अदालतमा मानहानिको मुद्दा विचाराधीन छ ।
सुनारले नियमित तारेखमा उपस्थित नभएको र केही घटनामा अदालत बाहिर हुलहुज्जत तथा तोडफोड गरेको समेत जनाइएको छ ।
यसका कारण प्रधानमन्त्री कार्कीले सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा थप छलफल गरिरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्























