images
images
  • खगेन्द्र सुनारको मन्त्री बन्ने बाटो बन्द हुने सम्भावना

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा ४ नयाँ मन्त्री शपथ ग्रहण गर्नु अघि आन्तरिक समीक्षा गरिरहेकी छन् ।

    खगेन्द्र सुनार विवादमा परेपछि उनका नामको समीक्षा हुनसक्ने स्रोतले बताएको छ ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विवादित व्यक्तिहरू मन्त्री बन्न नपाउने कुरामा सचेत छन् ।

    नेपाल प्रहरीले फरार सूचीमा राखेका सुनारको नाम सार्वजनिक भएपछि प्रधानमन्त्रीले गम्भीरता देखाएकी छन् ।

    बालुवाटार स्रोतले भने, “हाल उहाँ मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ, सम्भवतः एक मन्त्रीको नाममा पुनर्विचार हुनसक्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images