काठमाडौं– जेन्जी आन्दोलन (भदौ २३–२४)पछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
भदौ २७ गते प्रधानमन्त्री बनेकी उनले यसअघि भदौ ३० र असोज ६ गते मन्त्री नियुक्त गरेकी थिइन् ।
भदौ ३० मा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री बनाएपछि असोज ६ मा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेललाई समावेश गरिएको थियो ।
तेस्रो विस्तारमा आइतबार गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, खगेन्द्र सुनार र डा.सुधा शर्मा गौतम मन्त्री बनेका छन् ।
गुप्तालाई युवा तथा खेलकुद, सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, डा.शर्मालाई स्वास्थ्य तथा जनसंख्या र श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यससँगै घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालय सम्हाल्ने भएका छन् ।
सिन्हासँग कानुन, न्याय तथा संसदीय मामिला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मा छ ।























