images
images
  • रूस–युक्रेन युद्ध अन्त्यका लागि चीनको सहयोग माग्दै ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुससँग हुने वार्तामा चीनको सहयोग आवश्यक भएको बताएका छन् ।

    एसिया भ्रमणमा निस्कँदै गर्दा एयर फोर्स वानमा पत्रकारहरूसँग उनले भने, “म चाहन्छु चीनले युक्रेन शान्ति प्रक्रियामा हामीलाई मद्दत गरोस् ।”

    उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट हुने जानकारी पनि दिए ।

    युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका बीच चीन रुसको मुख्य सहयोगी बनेको छ ।

    यसबीच, अमेरिकाले युक्रेनलाई टोमाहक क्रुज मिसाइल उपलब्ध गराउन अस्वीकार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images