images
images
  • अवैध संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।

    महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।

    महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए ।

    “गुठीसँग समन्वय गरेर भत्काएका छौँ ।

    त्यहाँ बनेका संरचना अवैध हुन् ।

    नक्साविना बनेका थिए,” उनले भने ।

    महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images