images
images
  • आज यी प्रदेशमा पानी र हिउँ पर्ने सम्भावना

    काठमाडौं– आज (आइतबार) दिनमा कतै कतै वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (थोरै घाम देखिने अवस्था) तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ ।

    यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना देखिनु सम्भावना न्यून हुनु हो ।

    मौसम महाशाखाका अनुसार आज रातिचाहिँ कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) तथा बाँकी ठाउँमा मौसम मुख्यतया सफा करिब पूरै आकाश सफा) रहने छ ।

    मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images